थपिएको लकडाउन अझै खुकुलो, के गर्न पाईने, के नपाईने ?
काठमाडौं, असार २० : उपत्यकामा प्रशासनले निषेधका अधिकांश प्रावधानहरु हटाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञालाई खुकुलो बनाउँदै...
काठमाडौं, असार २० : उपत्यकामा प्रशासनले निषेधका अधिकांश प्रावधानहरु हटाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञालाई खुकुलो बनाउँदै एक साता थप गरेको हो ।
प्रशासनले यातायातमा लगाइएको जोर–विजोर प्रणाली पनि हटाएको छ । सोमबार राति १२ बजेपछि लागू हुने निषेधाज्ञामा ६ क्षेत्रमा मात्र रोक लगाइएको छ ।
प्रशासनले अब सबै प्रकारका सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, स्वीमिङ पुल, खेल स्थललगायतका भिड हुने क्षेत्रमा रोक कायमै राखेको छ ।
खुला स्थानमा मानिसको भेला, जम्मा हुन, सभा जुलुस र जात्रा महोत्सव गर्न अझै रोक लगाइएको छ ।



प्रकाशित मिति: १८:२३ बजे, आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1789821441.jpg)
