Kathmandu Press

उपत्यकामा हट्यो जोर विजोर प्रणाली, असार ३१ सम्म निषेधाज्ञा

 काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाइएको छ।
उपत्यकामा हट्यो जोर विजोर प्रणाली, असार ३१ सम्म निषेधाज्ञा

काठमाडौं, असार २० : काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाइएको छ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

असार ३१ गतेसम्म निषेधाज्ञा भने जारी रहेको प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।

निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न पाइने छैन।


 

प्रकाशित मिति: १७:५५ बजे, आइतबार, असार २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्