Kathmandu Press

राष्ट्रपतिबाटै संविधानको उल्लंघन भयो : अधिवक्ता खरेल

राष्ट्रपतिबाटै संविधानको उल्लंघन भयो : अधिवक्ता खरेल

काठमाडाैं, असार २० : प्रतिनिधिसभा विघटनको मुद्दमा सभामुखका तर्फबाट बहस गर्दै अधिवक्ता श्याम खरेलले संविधान संविधानको संरक्षक र पालक राष्ट्रपतिबाटै संविधानको उल्लंघन भएको बताएका छन् ।

अधिवक्ता खरेलले राष्ट्रपतिले संविधानको धारा ७६(४) अनुसार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन सक्दिन भनेकाले ७६(५)को दाबीले मान्यता पाउँदैन भन्न सक्नुपर्नेमा त्यसो नगरेकाले राष्ट्रपतिबाटै संविधानको उल्लंघन भएको बताए।

‘प्रधानमन्त्रीको लिखित जवाफमा विश्वासको मत लिन सक्दिन भनिएको छ, यो मोरालिटीको पनि कुरा हो, ७६(४) लाई छल्न पाइँदैन,’ उनले भने । अधिवक्ता खरेलले ७६(३) को प्रधानमन्त्री ओली ७६(४) मा जानैपर्ने भन्दै त्यसो नगरेपछि राष्ट्रपतिले मिल्दैन भने रोक्नुपर्ने बताए।

 

प्रकाशित मिति: १६:२२ बजे, आइतबार, असार २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्