Kathmandu Press

विश्वविद्यालयले जथाभावी सम्बन्धन दिने काम बन्द गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं, १७ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले शासकहरुमा दृष्टिकोणको अभाव हुँदा नेपाल केही समय पछि परेको र अब त्यो अवस्थाको अन्त्य हुने बताएका छन्....

विश्वविद्यालयले जथाभावी सम्बन्धन दिने काम बन्द गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं, १७ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले शासकहरुमा दृष्टिकोणको अभाव हुँदा नेपाल केही समय पछि परेको र अब त्यो अवस्थाको अन्त्य हुने बताएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा पोखरा विश्वविद्यालयको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो हाम्रा विद्वान पुर्खाको देश हो। पौराणिक कालका ऋषिमुनीहरुले यही भूमिबाट ज्ञान प्राप्त गरेका थिए । शासकहरुमा दृष्टिकोणको अभाव हुँदा नेपाल केही समय पछि परेको हो तर अब यो अवस्था लामो समय रहदैन।’

देश विकास गर्नसक्ने दक्षता नेपालमै भए पनि अहिले त्यो जनशक्ति विदेशिएको बताएका छन् । ‘हाम्रोमा देश विकास गर्ने जनशक्ति छ तर बाहिर गइरहेको छ । त्यो जनशक्तिले देशमा काम पाएको छैन । पायो भने सीप र क्षमता छैन’, प्रधानमन्त्री ओलीले भने, ‘त्यस कारण हामीसँग भएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षा दिने भन्ने  योजना विश्वविद्यालयले बनाएर त्यहीँबाट कार्यान्वयन सुरु गर्नुपर्दछ।’

प्रधानमन्त्री ओलीले नेपालको श्रमशक्तिको समुचित उपयोग हुने गरीको नीति र कार्ययोजना आवश्यक रहेको बताए।

पोखरा विश्वविद्यालयको २० औं साधारणसभालाई मंगलबार बालुवाटारमा उद्घाटनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको श्रमशक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा विश्वविद्यालयहरुले योजना बनाउन सक्ने पनि बताए । प्रधानमन्त्री ओलीले देशको आवश्यकता र शिक्षाको तादम्यता नमिल्दा ठूलो–ठूलो योग्यता हासिल गरेका मानिस पनि बरोजगार बन्नुपरेको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनि जान पाउँदैनन् । यस्तो अवस्थामा उसको समय, स्रोत सबै खेर जान्छ । त्यस कारण रोजगारीका अवसर कहाँ छन् भनेर पहिचान गरेर मात्र शिक्षामा लगानी गर्नुपर्दछ।’

प्रधानमन्त्री ओलीले ठाउँको आवश्यकता, रोजगारीको अवसर जस्ता कुराको विश्लेषण गरेर मात्र विश्वविद्यालयहरुले नयाँ शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिनुपर्ने पनि बताए । उनले भने, ‘विश्वविद्यालयहरुले जथाभावी सम्बन्धन दिने काम बन्द गर्नुहोस्।’

प्रकाशित मिति: १३:४७ बजे, मंगलबार, असार १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्