ओली समूहका नेताले भेटे नेपाललाई, पार्टीलाई एकताबद्ध बनाउन आग्रह
काठमाडौं, असार २० : ओली समूहका दोस्रो तहका नेताहरुले पार्टीलाई एकताबद्ध बनाउन नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन्।आइतबार बिहान नेताहरु विष्णु पौडेल, शंकर पोखरेल...
काठमाडौं, असार २० : ओली समूहका दोस्रो तहका नेताहरुले पार्टीलाई एकताबद्ध बनाउन नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन्।
आइतबार बिहान नेताहरु विष्णु पौडेल, शंकर पोखरेल र सुवास नेम्वाङ नेपाल निवास कोटेश्वर पुगेर उक्त आग्रह गरेका हुन।
कोटेश्वर पुगेका नेताहरुले नेपाललाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर छलफल गर्न आग्रह गरेका हुन्। ‘उहाँलाई हामीले पार्टीलाई एकताबद्ध बनाउन लाग्नोस् । हामी एकताबद्ध छौँ र हुन्छौँ । तपाईं र अध्यक्ष ओली बसेर सल्लाह गर्नोस् भन्यौँ,’ भेटमा सहभागि नेम्वाङले भने।
नेता नेपालले भने अरु नेताहरुसँग छलफल गरेर जवाफ दिने बताएको ती नेताले जानकारी दिए । छलफलमा नेपाल पक्षका नेता घनश्याम भुसाल पनि सहभागि थिए।
प्रकाशित मिति: १३:२२ बजे, आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1789821441.jpg)
