Kathmandu Press

कुलेखानी-३ बाट अर्को महिनादेखि बिजुली उत्पादन हुने

मकवानपुर, असार १७ : कुलेखानी–३  जलविद्युत् आयोजनाबाट अर्को महिनादेखि विद्युत् उत्पादन गरिने भएको छ। त्यसअनुसार, तयारी थालिएको आयोजनाले जनाए....

कुलेखानी-३ बाट अर्को महिनादेखि बिजुली उत्पादन हुने

मकवानपुर, असार १७ : कुलेखानी–३  जलविद्युत् आयोजनाबाट अर्को महिनादेखि विद्युत् उत्पादन गरिने भएको छ। त्यसअनुसार, तयारी थालिएको आयोजनाले जनाएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करीब एक महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।

भैंसेस्थित कुलेखानी–२ बाट निस्किएको पानीलाई करीब चार किलोमिटर सुरुङ मार्गबाट ल्याई विद्युतगृहमा परीक्षण उत्पादन गरिसकिएको छ। कुलेखानी–३ बाट १४ मेगावाट विद्युत् उत्पादन हुनेछ।

नेपाल विद्युत् प्राधिकरणको चार अर्ब ५० करोड रुपैयामा कुलेखानी–३ विद्युत् आयोजनाको निर्माण गरिएको हो।

चिनियाँ प्राविधिक टोलीले यही असार महिनाभित्र निर्माणाधीन विद्युतगृहको बाँकी कामको अनुगमन गरी थप उपकरणहरुका साथै तारहरुको जडान गर्ने जनाएको छ।

त्यसपछि विद्युत्को उत्पादन भई काठमाडौँस्थित केन्द्रीय प्रसारणमा जोड्ने कुलेखानी–३ का प्रमुख सुभाषबाबु मिश्रले बताए। अहिले कुलेखानी–१ बाट ६० र कुलेखानी–२ बाट ३२ गरी ९२ मेगावाट विद्युत् उतपादन हुँदै आएको छ।

प्रकाशित मिति: १३:२६ बजे, मंगलबार, असार १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्