काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी
काठमाडौं, असार २० : स्थानीय प्रशासनले थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी राख्ने तयारी गरेको छ।पछिल्लोपटक थप गरिएको निषेधाज्ञा भोलि सोमबारसम्म छ। काठमाडौं,...
काठमाडौं, असार २० : स्थानीय प्रशासनले थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी राख्ने तयारी गरेको छ।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञा भोलि सोमबारसम्म छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू संयुक्त रूपमा बैठक बसेर निषेधाज्ञाबारे निर्णय गर्ने तयारी गरेका छन्।
थप क्षेत्र खुला गर्ने गरी निषेधाज्ञालाई एक साता बढाउने पक्षमा प्रजिअहरू छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले आज बेलुकी वा भोलिसम्म बैठक गरेर निर्णयमा पुगिने बताए।
सार्वजनिक यातायात जोर–बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन्। निरोलाका अनुसार यसपटक माइक्रो बस र टेम्पोबारे निर्णय हुने छ ।
पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म खुलेका छन्।
गत वैशाखदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ ।
प्रकाशित मिति: ११:०२ बजे, आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1789821441.jpg)
