पहिरोले नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध
चितवन, असार २० : केही दिनदेखिको लगातारको वर्षाले गएराति पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि अवरुद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ सेती दोभानमा गएराति १० बजे...
चितवन, असार २० : केही दिनदेखिको लगातारको वर्षाले गएराति पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि अवरुद्ध भएको छ।
चितवनको भरतपुर महानगरपालिका–२९ सेती दोभानमा गएराति १० बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राति पहिरो खसेसँगै सडक दुईतर्फी रुपमा अवरुद्ध भएको छ।
पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ। तर, पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने भएको छ।
शुक्रबार राति पनि पहिरो खसेको थियो। बिहानैदेखि पहिरो पन्छाएपछि शनिबार बिहान ९ बजे बाटो खुलेको थियो।
त्यस्तै, बिहीबार राति पनि पहिरो खसेको थियो। चार दिनदेखि लगातार पहिरो खस्ने क्रम चलिरहेको छ। पहिरोका कारण यो सडक पटकपटक अवरुद्ध हुँदै आएको छ।
प्रकाशित मिति: ०७:२८ बजे, आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1789821441.jpg)
