Kathmandu Press

युक्रेनलाई हराउँदै इंल्यान्ड सेमिफाइनलमा

काठमाडौं, असार २० : युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति इटालीको रोममा भएको खेलमा युक्रेनलाई ४–० ले पराजित...
युक्रेनलाई हराउँदै इंल्यान्ड सेमिफाइनलमा

काठमाडौं, असार २० : युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। 

गएराति इटालीको रोममा भएको खेलमा युक्रेनलाई ४–० ले पराजित गर्दै इंग्ल्यान्ड २५ वर्षपछि सेमिफाइनलमा पुग्यो। अब इंग्ल्यान्डले फाइनल प्रवेशका लागि डेनमार्कको सामाना गर्ने छ। 

शनिबार राति नै भएको खेलमा चेक रिपब्लिकलाई २–१ ले हराउँदै डेनमार्क सेमिफाइनल पुगेको हो।

इंग्ल्यान्डलाई जित दिलाउने क्रममा ह्यारी केनले दुई गोल गरे भने ह्यारी मगुयर र जोर्डन हेन्डरसनले एक–एक गोल गरे। इंग्ल्यान्डले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरेको थियो।

खेलको ५औं मिनेटमा रहिम स्टर्लिङको पासमा केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १–० मै सकियो। 
दोस्रो हाफको सुरुआतमै मगुएरले हेडिङमा गोल गर्दै टिमका अग्रता दोब्बर बनाए। उनले ४६औं मिनेटमा लुक शको पासमा गोल गरेका थिए।

यस्तै, ५०औं मिनेटमा शकै पासमा केनले हेडिङमै गोल गर्दै टिमलाई ३–० को सहज अवस्थामा ल्याए। जारी प्रतियोगितामा केनको यो तेस्रो गोल हो। 

लिग चरणका तीन खेलमा गोल गर्न नसकेका केन पछिल्लो दुई खेलमा गोल गर्न सफल भएका छन्।

यस्तै, ६३औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४–० को अग्रता दिलाए। उनले मासन माउन्टको कर्नरमा हेडिङमार्फत नै गोल गरेका थिए। 

इंग्ल्यान्डले पछिल्ला तीन गोल हेडिङमार्फत ग¥यो। इंग्लायन्डका लागि ६२ खेल खेलेका मिडफिल्डर हेन्डरसनको यो पहिलो गोल हो। 

प्रकाशित मिति: ०६:४१ बजे, आइतबार, असार २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्