Kathmandu Press

डेनमार्क २९ वर्षपछि युरो कपको सेमिफाइनलमा

काठमाडौं, असार २० : युरो कपमा ‘अन्डर डग’को छवि बनाएको डेनमार्क २९ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति अजरबैजानको बाकुमा भएको खेलमा चेक रिपब्लिकलाई २–१...
डेनमार्क २९ वर्षपछि युरो कपको सेमिफाइनलमा

काठमाडौं, असार २० : युरो कपमा ‘अन्डर डग’को छवि बनाएको डेनमार्क २९ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ। 

गएराति अजरबैजानको बाकुमा भएको खेलमा चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको हो।

सन् १९९२ मा युरोकप उपाधि जितेयता डेनमार्क पहिलोपटक सेमिफाइनलमा पुगेको हो। फाइनल प्रवेशका लागि डेनमार्कले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

बाकुमा चेकविरुद्ध डेनमार्कलाई जित दिलाउन थोमस डेलानी, कास्पर डोलबर्गले गोल गरे भने चेक रिपब्लिकका प्याट्रिक सिकले गोल गरेका थिए।

५औं मिनेटमै कर्नरमा हेडिङमार्फत गोल गर्दे डेलानीले डेनमार्कलाई सुरुआती अग्रता दिलाएका थिए। ४२औं मिनेटमा डोलबर्गले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर बनाए। 

पहिलो हाफमा २–० ले पछि परेको चेकले दोस्रो हाफमा डेनमार्क माथि दबाब बनाएको थियो। ४९औं मिनेटमा सिकले गोल गर्दै चेकलाई खेलमा फर्काउने प्रयास गरे। त्यसपछि कुनै गोल नहुँदा डेमार्क २–१ ले विजयी भयो।

सिकको जारी प्रतियोगितामा यो पाँचौं गोल हो। योसँगै उनी प्रतियोगितामास सर्वाधिक गोल गर्ने खेलाडीमा क्रिस्टियानो रोनाल्डोसँगै शीर्ष स्थानमा छन्।

प्रकाशित मिति: ०६:२७ बजे, आइतबार, असार २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्