Kathmandu Press

राप्रपा जुट्यो एकता महाधिवेशनमा

राप्रपाको एकता महाधिवेशन आगामी २७-३० कात्तिकमा हुने भएको छ।
राप्रपा जुट्यो एकता महाधिवेशनमा

काठमाडौं, असार १९ : राप्रपाको एकता महाधिवेशन आगामी २७-३० कात्तिकमा हुने भएको छ । 

फागुन ०७६ मा राप्रपाका सबै घटकबीच पछिल्लोपटक एकता भएको थियो । त्यसपछि पार्टी महाधिवेशन भएको थिएन । सोही कारण एकता महाधिवेशन घोषणा गरिएको हो ।

महाधिवेशन काठमाडौंमा गर्ने तय भएको छ । महाधिवेशनका लागि भदौ मसान्तसम्ममा वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा जिल्ला कार्य समितिहरूको निर्वाचन गरिसक्ने तालिका छ ।

सोही अवधिमा पार्टीको सक्रिय सदस्यता वितरण र २० असोजसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने तय भएको छ ।

यस्तै, १५ असोजसम्ममा प्रदेश कार्य समितिको निर्वाचन सम्पन्न हुने भएको छ ।
 

प्रकाशित मिति: २०:०५ बजे, शनिबार, असार १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्