Kathmandu Press

बालुवाटारमा एमाले केन्द्रीय कमिटी बैठक, नेपाल पक्ष सहभागी भएन

सत्तारुढ एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी छैन ।
बालुवाटारमा एमाले केन्द्रीय कमिटी बैठक, नेपाल पक्ष सहभागी भएन
फाइल तस्बिर

काठमाडौं, असार १९ : सत्तारुढ एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी छैन ।

नेपाल पक्षले बैठक रोकेर कार्यदल ब्युँताई एकता प्रयास अगाडि बढाउन माग गर्दै आएको छ ।

शनिबारको बैठकमा महासचिव महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका छन् । शनिबारको बैठक संगठनात्मक विषयमा केन्द्रित हुने बताइएको छ ।

महासचिव पोखरेलको प्रस्तावमा पार्टी विधान, महाधिवेशन, राष्ट्रिय प्रतिनिधि परिषद् गठन र सदस्यता नवीकरणलगायत विषय उल्लेख छन्।
 

प्रकाशित मिति: १६:२४ बजे, शनिबार, असार १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्