धादिङमा पहिरोले ५ वटा गाडी पुरिए, २ जनाको मृत्यु
काठमाडौं, असार १९ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु...
काठमाडौं, असार १९ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रन्जन अवालेका अनुसार, ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो ।
प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् भने सोनीको आज बिहान उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो।
प्रकाशित मिति: १०:२४ बजे, शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1789821441.jpg)
