सिनामङ्गलमा बस दुर्घटना, १७ घाइते, दुई गम्भीर
काठमाडौं, असार १७ : काठमाडौंको सिनामङ्गलमा आज बिहान बस र माइक्रोबस एकआपसमा ठोक्किएका छन्। दुर्घटनामा १७ यात्रु घाइते भएका छन् भने दुईको अवस्था गम्भीर ....

काठमाडौं, असार १७ : काठमाडौंको सिनामङ्गलमा आज बिहान बस र माइक्रोबस एकआपसमा ठोक्किएका छन्। दुर्घटनामा १७ यात्रु घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ।
आज बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा ५ ख ५१०० नं.को माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा १ ज ९७६६ नं.को बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन्।
घाइतेमध्ये दुई गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिए।
घाइतेको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ। दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ। (रासस)
प्रकाशित मिति: १०:५६ बजे, मंगलबार, असार १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











