Kathmandu Press

चिनियाँ कम्पनीसँग खोप खरीद सम्झौता, असार २४ बाट आउने

काठमाडौं, असार १९ : कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ खरीदका लागि सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ। चिनियाँ कम्पनी सिनोर्फमसँग खोप खरीदको सम्झौता भएको स्वास्थ्य...
चिनियाँ कम्पनीसँग खोप खरीद सम्झौता, असार २४ बाट आउने

काठमाडौं, असार १९ : कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ खरीदका लागि सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ। 

चिनियाँ कम्पनी सिनोर्फमसँग खोप खरीदको सम्झौता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जनाएका छन्। उनले प्रेस विज्ञप्ति जारी गरी अब नियमित रुपमा खोप आपूर्ति हुने जनाएका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘असार २४ गतेबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने छ। ४० लाख डोज खरिदका लागि सम्झौता भएको छ।’

खोप आयातका लागि नेपाल वायुसेवा निगमको वाइड बडी जहाज बिहीबार बेइजिङ उड्ने निगमले जनाएको छ। निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले सरकारले १० लाख डोज खोप ल्याउने गरी जहाजको तयारी गर्न निर्देशन दिएको जानकारी दिए।

खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुचारु हुने पनि प्रवक्ता पौडेलले विज्ञप्तिमा जनाएका छन्। यससँगै कोभ्याक्स सुविधाबाट पनि खोप आउने मन्त्रालयले जनाएको छ। 

असार २२ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइँदै छ। अहिलेसम्म ४२ लाख ४८ हजार खोप लगाइएको छ। जसमा २५ लाख ७४ हजार ७१५ (९ प्रतिशत) ले पहिलो डोज र ७ लाख ५७ हजार ३८० जना (३ प्रतिशत) ले दोस्रो डोज लगाएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: ०७:५७ बजे, शनिबार, असार १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्