Kathmandu Press

स्वीट्जरल्यान्डलाई पेनाल्टीमा हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौं, असार १९ : स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन युरो कपको सेमिफाइलनमा प्रवेश गरेको छ। गएराति रुसको सेन्ट पिटर्सबर्गमा भएको खेलमा स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा...
स्वीट्जरल्यान्डलाई पेनाल्टीमा हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौं, असार १९ : स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन युरो कपको सेमिफाइलनमा प्रवेश गरेको छ। 

गएराति रुसको सेन्ट पिटर्सबर्गमा भएको खेलमा स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै स्पेनले सेमिफाइनलमा स्थान पक्का बनाएको हो। 

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त सयमामा गएको थियो। त्यसमा पनि दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। 

पेनाल्टीमा स्पेनका मिकेल ओयासाबेल, जेराड मोरिनो र ड्यानी ओल्मोले गोल गरे। यता, स्वीट्जरल्यान्डका मारियो गाब्रानोभिचले मात्र गोल गर्न सके। 

स्पेनका कप्तान सर्जियो बुस्केट्सको प्रहार पोस्टमा लागेको थियो भने रोड्रीको प्रहार स्वीस गोलकिपर यान सोमरले रोकेको थिए। 

यता, स्वीट्जरल्यान्डका रुवेन भार्गासको प्रहार पोस्टमाथिबाट बाहिरिँदा फावियन सेसार र म्यानुअल एकान्जीको प्रहार स्पनेका किपर सिमोनले रोकेका थिए।

यसअघि खेलको ८औं मिनेटमै स्पेनले अग्रता लिएको थियो। जुर्डी अल्बाको प्रहार रोक्ने क्रममा स्वीस डिफेन्डर डेनिस साकारियाले आफ्नै पोस्टमा गोल गरेका थिए। ६७औं मिनेट कप्तान जद्रान सकिरीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले रेमो फ्रेउलरको पासमा गोल गरेका थिए। 

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै गोल फर्काएको स्वीस टिम ७७औं मिनेटमा दश खेलाडीमा समेटिएपछि दबाबमा परेको थियो। स्पेनका जेरार्ड मोरेनोमाथि खराब ट्याकल गरेपछि स्वीट्जरल्यान्डका फ्रेउलरले रेडकार्ड पाएका थिए।

त्यसपछि स्पेनले स्वीस टिममाथि निरन्तार दबाब बनायो।तर, गोल भने गर्न सकेन। स्पेनका ३–४ वटा निश्चित गोलका अवसर स्वीट्जरल्यान्डका किपरल सोमरले उत्कृष्ट बताचाउ गरेका थिए। 

अब स्पेनले सेमिफाइनलमा इटाली र बेल्जियमबीचको विजेतासँग खेल्नेछ।

प्रकाशित मिति: ०६:२२ बजे, शनिबार, असार १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्