कोरोना संक्रमणबाट निको हुने दर ९४ प्रतिशत
काठमाडौं, असार १८ : पछिल्लो २४ घण्टामा थप दुई हजार २९९ जनामा कोरोना संक्रमणबाट पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा छ...
काठमाडौं, असार १८ : पछिल्लो २४ घण्टामा थप दुई हजार २९९ जनामा कोरोना संक्रमणबाट पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा छ हजार ५६६ जनाको पिसिआर तथा चार हजार ३० जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ३९१ र ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अबधिमा देशभर ३४ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा नौ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै सोही अबधिमा देशभर तीन हजार ४५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमणको निको हुने दर ९४ प्रतिशत रहेको छ । हालसम्म ६ लाख तीन हजार ६०० संक्रमित निको भइसकेको जनाइएको छ ।
हालसम्म ३३ लाख ५७ हजार ८२९ को परीक्षण भएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या २९ हजार २७४ जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: २१:०० बजे, शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1789821441.jpg)
