Kathmandu Press

बाढी पहिरोका कारण देशभरका १६ राजमार्ग अवरुद्ध, ५३ सडक एकतर्फी चालु

काठमाडौ, असार १८ : बाढी पहिरोका कारण जेठ ३१ गतेदेखि असार १८ गतेसम्म देशभरका १६ राजमार्ग अवरुद्ध भएका छन् भने, ५३ राजमार्ग एकतर्फी चालु...
बाढी पहिरोका कारण देशभरका १६ राजमार्ग अवरुद्ध, ५३ सडक एकतर्फी चालु

काठमाडौ, असार १८ : बाढी पहिरोका कारण जेठ ३१ गतेदेखि असार १८ गतेसम्म देशभरका १६ राजमार्ग अवरुद्ध भएका छन् भने, ५३ राजमार्ग एकतर्फी चालु गरिएका छन ।

शुक्रबार विहान कान्ती राजपर्थको हटौडा, बाग्मती–टिकाभैरव भैसीपाटी–एकान्तकुनामकवानपुर जिल्लाको बगुवा वाढीका कारण अवरुद्ध भइरहेको छ । त्यसैगरी, मुग्लिन नारायणघाट सडक पनि अवरुद्ध भएको छ  । चितवनको चार किलो भन्ने स्थानमा पहिरो गएको कारण सडक अवरुद्ध भइरहेको सडक विभागका प्रवक्ता ई. शिव प्रसाद नेपालले बताए ।  ‘बाढी पहिरो तथा रुखहरु लडेर सडक अवरुद्ध भएका हुन,’ उनले भने । 

Hardik ivf

उनका अनुसार, कान्तीपथ मकवानपुर जिल्लाको जीतपुरस्थित, पुर्वपश्चिम महेन्द्र राजमार्ग नवलपुरको थुम्सी पितौजीस्थित, डुम्रे बेसी शहर राजमार्गको तनहुँ जिल्लाको भन्सारस्थित, नारायणघाट–मुग्लिन सडक चितवन जिल्लाको पाँच किलो र चार किलोस्थित पहिरो गएका कारण सडक अवरुद्ध भएका छन् ।

यस्तै, अरनिको राजर्माग सिन्धुपाल्चोकको केदारीस्थित, ठोरी –भण्डार–मलेखु–गल्छी–त्रिशुली–रसुवा राजमार्गको रसुवा जिल्लाको त्रिशुलीखोला, सानो भार्खु खोला र गाजाँबारीमा बाढी पहिरोको कारण सडक अवरुद्ध भएका छन् । डुम्रे–वेशीशहर–चामे– राजमार्ग लमजुङको च्याम्चे र अर्खलमा पहिरो गएका कारण सडक अवरुद्ध छ । डुम्रे बेशीसहर– चामे राजमार्गको लमजुङ जिल्लाको रमबजारस्थित बाढी पहिरोको कारण सडक अवरुद्ध भएको उनले जनाए ।

त्यस्तैगरी, डुम्रे–बेशीसहर–चामे राजमार्गको मनाङको बगरछाप, धारापानी, तिमाङ खोलाको पुल बगाएकाले सडक अवरुद्ध भएको सडक विभागको तथ्यांक छ । तथ्याङक अनुसार, अरनिको राजमार्ग सिन्धुपाल्चोक जिल्लाको लिपिंग पुल बगाएका कारण सडक अवरुद्ध छ । यसैगरी डुम्रे–वेशीसहर चामे राजमागको मनाङ जिल्लाको तिमाङ छहराका कारण सडक अवरुद्ध छ । ‘तिमाङ छहरास्थितको सडक जेठ ३१ गतेदेखि अवरुद्ध भएको हो,’ प्रवक्ता नेपालले भने । 

उनका अनुसार, कर्णाली राजमार्ग, सिदार्थ राजमार्ग, साँफेवगर–मार्तडी–कोलटी लगायत ५२ राजमार्ग वाढी पहिरोका तथा पुल बगाएका कारण एक तफीबाट मात्र सवारी साधन आवतजावत भइरहेको सडक विभागको भनाई छ । सडक विभागका प्रवक्ता नेपाल भन्छन, ‘जथाभावी जाने पहिरो तथा बाढीका कारण सडक बगाउनुका साथै पुलहरुमा असर पुगेका कारण सडक अवरुद्ध भएका छन् ।’

सडक अवरुद्ध भएको थाहा पाउन साथ स्थानीय तह तथा जिल्लासँग छलफल गरी तत्काल अवरुद्ध हटाउन पहल गरिरहेको उनको भनाई छ । 


 

प्रकाशित मिति: २०:३६ बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्