Kathmandu Press

क्यानडा पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, असार १८ : क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका वडा नं १० नयाँबानेश्वर बस्ने काभ्रे पाँचखाल नगरपालिका ४ तामाघाट घर...
क्यानडा पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, असार १८ : क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका वडा नं १० नयाँबानेश्वर बस्ने काभ्रे पाँचखाल नगरपालिका ४ तामाघाट घर भएका २१ वर्षीय प्रजिन अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

प्रजिनले सर्लाही लालबन्दी नगरपालिका-७ रानीगञ्ज बस्ने ३० वर्षीय पुरुषलाई वर्किङ भिषामा क्यानडा पठाई राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी झुक्याई १७ लाख रुपैयाँ रकम लिई सम्पर्क विहिन हुँदै फरार भएको भन्ने खबर गत वैशाख १३ गते प्राप्त भएपछि अनुसन्धान गर्दै जाने क्रममा उनलाई काभ्रे बनेपा नगरपालिका २ दाहालगाउँबाट फेला पारी पक्राउ गरेको हो ।

साथै प्रजिनले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा क्यानडा लगायतका मुलुकमा पठाइदिन्छु भनि प्रलोभनमा पारेर करिब एक करोड पचास लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको बुझिन आएको छ ।

प्रकाशित मिति: १९:५२ बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्