Kathmandu Press

बस र ट्रक ठोक्किँदा एकको मृत्यु, ६ घाइते

सर्लाही, असार १७ : पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा बस र ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

<....
बस र ट्रक ठोक्किँदा एकको मृत्यु, ६ घाइते

सर्लाही, असार १७ : पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा बस र ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

आज बिहान लालबन्दी नगरपालिका–१७ फुलजोर पुलमा बा ३ ख २०५४ नं.को बस र ना ५ ख ७७९५ नं.को ट्रक एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा बसका चालक ईश्वरपुर नगरपालिका–१२ घारीबथानका २४ वर्षीय माधव लायोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सर्पले टोकेको बिरामीलाई घारीबथानबाट बसमा राखेर लालबन्दीतर्फ जाँदै गरेको बस पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकसँग ठोक्किएको हो। दुर्घटनामा बसमा सवार तीन र ट्रकका चालकसहित तीन गरी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

घाइते हुनेमा ट्रक चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–११ का रञ्जित ठोकर, प्रताप ठोकर, रोहित लामा, सर्लाही ईश्वरपुर नपा–१२ घारीबथानका ध्रुवप्रसाद घिमिरे, गोपाल घिमिरे र सुजन घिमिरे छन्। घाइतेको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गलाई प्रहरीले खुलाएको छ।

प्रकाशित मिति: १०:२६ बजे, मंगलबार, असार १७, २०७६