Kathmandu Press

सात अध्यादेशविरुद्ध जसपाका दुई सांसदले दर्ता गराए विरोधको सूचना

सरकारले बिहीबार राष्ट्रियसभामा पेश गरेका सातवटा विधेयकमाथि जसपाका दुई सांसदले विरोधको सूचना दर्ता गराएका छन्।
सात अध्यादेशविरुद्ध जसपाका दुई सांसदले दर्ता गराए विरोधको सूचना

काठमाडौं, असार १८ : सरकारले बिहीबार राष्ट्रियसभामा पेश गरेका सातवटा विधेयकमाथि जसपाका दुई सांसदले विरोधको सूचना दर्ता गराएका छन् ।

सांसदद्वय प्रमिला कुमारी र मृगेन्द्रकुमार सिंह यादवले शुक्रबार विरोधको सूचना दर्ता गराएका हुन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, आर्थिक अध्यादेश, रेल्व अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी अध्यादेश र विनियोजन अध्यादेश अस्वीकार गर्न उनीहरूले विरोधको सूचना दर्ता गराएका हुन् ।
 

प्रकाशित मिति: १७:३५ बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्