नेपाल समूहलाई पनि समेटेर पार्टीलाई मजबुत बनाउनुपर्छ : गौतम
काठमाडौं, असार १८ : एमाले उपाध्यक्ष वामदेव गौतमले नेता माधवकुमार नेपाललाई समेत बोलाएर पार्टी एकतालाई मनबुत बनाउनुपर्नेमा जोड दिएका छन्। मुख्य नेतालाई अपमान...
काठमाडौं, असार १८ : एमाले उपाध्यक्ष वामदेव गौतमले नेता माधवकुमार नेपाललाई समेत बोलाएर पार्टी एकतालाई मनबुत बनाउनुपर्नेमा जोड दिएका छन्। मुख्य नेता (नेता नेपाल) लाई अपमान गरेर पार्टी एकता नहुने उनले बताएका छन् ।
आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एमाले केन्द्रीय कमिटीको बैठकमा गौतमले मुख्य नेतालाई अपमान गरे कार्यकर्ता पंक्ति भड्किने र पार्टी एकता हुन नसक्ने दाबी गरे।
निर्णयका लागि हतार गर्न नहुने र नेता नेपालसहितको एकता हुनुपर्ने उनको भनाइ थियो। सबै मिलेर एमालेको एकता सार्थक निष्कर्षमा पुर्याउनुपर्ने नत्र पार्टी समाप्त हुने धारणा उनले राखे।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनी नेपाल समूहले हस्ताक्षर गर्नु गल्ती भएको गौतमले बताए। नेपालको ठाउँमा आफू भए भए पार्टीबाट राजीनामा दिएर मात्रै त्यसमा हस्ताक्षर गर्ने भनाइ उनले राखे।










-1789821441.jpg)
