Kathmandu Press

प्रधानमन्त्री ओलीले भने : पर्सिदेखि ‘भ्याक्सिन’ आउँछ

काठमाडौं, असार १८ : खोप उत्पादक मुलुकहरूसँग कूटनीतिक पहलद्वारा कोरोनाविरुद्धको खोप ल्याउन नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले पर्सिदेखि चाहिने...
प्रधानमन्त्री ओलीले भने : पर्सिदेखि ‘भ्याक्सिन’ आउँछ

काठमाडौं, असार १८ : खोप उत्पादक मुलुकहरूसँग कूटनीतिक पहलद्वारा कोरोनाविरुद्धको खोप ल्याउन नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले पर्सिदेखि चाहिने जति कोरोना खोप आउने दाबी गरेका छन् ।

आज (शुक्रबार) प्रधानमन्त्र निवास बालुवाटारमा आयोजित एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले अब कोरोना खोपको समस्या नहुन जिकिर गरे। उनले भने, ‘पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ ।’

सरकारलाई असफल देखाउन केही दलका नेताहरुले ‘अहिले कोरोना खोप नदेऊ र हाम्रो सरकार आएपछि दिनू’ भनेर लबिङ गरिरहेको आरोप पनि उनले लगाए।

प्रकाशित मिति: १४:१५ बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्