Kathmandu Press

प्रदेश १ का मुख्यमन्त्री राई अमेरिका प्रस्थान

काठमाडाैं, असार १६ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गरेका छन्। 

अमेरिकाको बाल्टिमोरमा असार २० देखि २२ गतेसम्म....

प्रदेश १ का मुख्यमन्त्री राई अमेरिका प्रस्थान

काठमाडाैं, असार १६ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गरेका छन्। 

अमेरिकाको बाल्टिमोरमा असार २० देखि २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनमा भाग लिन मुख्यमन्त्री राई सोमबार साँझ अमेरिका प्रस्थान गरेका हुन्।

प्रदेश १ सरकारको सिफारिस र संघीय सरकारको स्वीकृत बमोजिम मुख्यमन्त्री राई अमेरिका प्रस्थान गरेका उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए।अमेरिकामा रहँदा मुख्यमन्त्री राईले गैरआवासीय नेपालीहरुको कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन्। 

कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ को विकास प्रक्रियाबारेमा सम्बोधन गर्नुका साथै गैरआवासीय नेपालीहरुको भूमिकाका विषयमा समेत धारणा राख्नेछन्।

प्रदेश १ सरकारले भर्खरै नीति तथा कार्यक्रम र बजेट ल्याएसँगै मुख्यमन्त्री राईको यो अमेरिका भ्रमणलाई निकै अर्थपूर्ण हिसाबले हेरिएको छ। नीति कार्यक्रम र बजेटमा प्रदेश सरकारले लगानी सम्मेलन गर्ने जनाएको छ।

सम्मेलनको आयोजना अमेरिकामा रहेका नेपाली चार संस्था एसोशियसन अफ नेपालीज इन दि अमेरिका, एसोशियसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका, अन्तर्राष्ट्रिय साहित्य समाज र बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिकाले संयुक्त रुपमा गरेका हुन्। 
 

प्रकाशित मिति: १९:४४ बजे, सोमबार, असार १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्