बैठक रोकेर एकताको पहल थाल्न नेपाल समूहको आग्रह
काठमाडौं, असार १८ : आज (शुक्रबार) ११ बजेका लागि बोलाइको एमालेको केन्द्रीय कमिटी बैठक झन्डै डेढ घन्टा ढिला गरी सुरु भएको थियो।कारण, एमाले...
काठमाडौं, असार १८ : आज (शुक्रबार) ११ बजेका लागि बोलाइको एमालेको केन्द्रीय कमिटी बैठक झन्डै डेढ घन्टा ढिला गरी सुरु भएको थियो।
कारण, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केही नेता प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँग वार्ता गरिरहेका थिए।
वार्ताका लागि नेपाल समूहका नेताहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बालुवाटार पुगेका थिए। वार्ताका क्रममा उनीहरुले अध्यक्ष ओलीलाई बैठक रोकेर एकताको पहल थाल्न आग्रह गरेको स्रोतको भनाइ छ।
बैठक मात्र गर्दै अगाडि बढ्दा माहोल बिग्रने भएकाले एकताको पहललाई सार्थक बनाउन कार्यदललाई औपचारिक रुपमा क्रियाशील बनाउन उनीहरूले सुझाएका थिए। ‘
नेता नेपाल पनि एकताको पक्षमै रहेकाले बैठक रोकेर दुईजनाबीच वार्ता हुनुपर्नेमा उनीहरूले जोड दिएका थिए। अध्यक्ष ओलीले ‘हामी सल्लाह गछौं’ भन्ने जवाफ दिएपति ती नेताहरू बाहिरिएको स्रोतको भनाइ छ।
तीन नेता बाहिरिएसँगै बैठक सुरु भएको छ। बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भएका छन्। नेपाल समूहले भने उपस्थिति जनाएको छैन।











