Kathmandu Press

प्रतिनिधिसभा विघटन सदर हुनुपर्छ : वरिष्ठ अधिवक्ता गुरागाईं

काठमाडौं, असार १८ : वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधिसभा पुनःस्थापना भए पनि सरकार नै बन्न सक्ने अवस्था नरहेको बताएका छन्। त्यसकारण प्रतिनिधिसभा विघटन...
प्रतिनिधिसभा विघटन सदर हुनुपर्छ : वरिष्ठ अधिवक्ता गुरागाईं

काठमाडौं, असार १८ : वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधिसभा पुनःस्थापना भए पनि सरकार नै बन्न सक्ने अवस्था नरहेको बताएका छन्। त्यसकारण प्रतिनिधिसभा विघटन सदर हुनुपर्नेमा उनले जोड दिए। 

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको इजलासमा शुक्रबार बहस गर्दै प्रधानमन्त्री केपी ओलीको तर्फबाट बहस गर्दै उनले ‘संसद पुनःस्थापना भई सरकार बनिहाले पनि पनि विश्वासको मत पाउन सक्ने अवस्था नरहेको दाबी गरे।

यसअघि पुस ५ मा विघटित प्रतिनिधिसभा पुनःस्थापना हुँदा पनि सरकार दिन नसकेको तर्क गर्दै गुरागाईंले प्रतिनिधिसभा पुनःथापना भएन भने चुनाव हुने, जनताले मताधिकार प्रयोग गर्ने, देश अगाडि बढ्ने उनको भनाइ थियो।

उनले सविधानको धारा ७६ (५) अनुसारको प्रक्रियामा विवाद देखिएको उल्लेख गर्दै रिटमा विपक्षी नबनाएकाले राष्ट्रपतिका नाममा आदेश जारी हुन नसक्ने बताए।

प्रकाशित मिति: १३:०३ बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्