एमाले केन्द्रीय कमिटी बैठक सुरु : वामदेव गए, नेपाल समूह गएन
काठमडौं, असार १८ : एमाले केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। आज (शुक्रबार) ११ बजेका लागि बैठक बालाइएको भए पनि...
काठमडौं, असार १८ : एमाले केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। आज (शुक्रबार) ११ बजेका लागि बैठक बालाइएको भए पनि करिब डेढ घन्टा ढिला गरी बैठक सुरु भएको हो।
चैत २८ गते घोषित दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेर साबिककै केन्द्रीय कमिटी ब्युँताएपछि एमालेको यो पहिलो बैठक हो ।
आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहको सहभागिता छैन। उपाध्यक्ष वामदेव गौतमले भने बैठकमा उपस्थिति जनाएका छन्।
बैठकअघि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यबीच वार्ता भएको निर्धारित समयमा बैठक बस्न नसकेको बालुवाटार स्रोतले जनाएको छ।
नेपाल समूहले दसौं महाधिवेशन आयोजक कमिटी अवैध भएकाले त्यसले बोलाएको बैठक रोक्नुपर्ने माग राख्दै आएको छ।
आज बिहान अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुराकानी हुँदा नेपालले ओलीलाई बैठक रोक्न सुझाएको जनाइएको छ।
तर अध्यक्ष ओलीले भने बैठकमा सहभागी हुन नेपाललाई आग्रह गरेको स्रोतको भनाइ छ।











