केन्द्रीय कमिटी बैठकमा भाग लिन वामदेव गौतम बालुवाटार पुगे
काठमाडौं, असार १८ : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टी अध्यक्ष केपी ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार गएका छन् ।गौतमका...
काठमाडौं, असार १८ : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टी अध्यक्ष केपी ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार गएका छन् ।
गौतमका छोरा तथा एमाले बर्दियाका नेता हरिश गौतमले उपाध्यक्षको हैसियतमा गौतमलाई प्राप्त भएको पत्र सार्वजनिक गर्दै बैठकमा सहभागी हुन बालुवाटार प्रस्थान गरेको बताएका छन्।
२०७५ जेठ ३ पूर्वको केन्द्रीय कमिटी बैठकमा भाग लिन गौतम सकारात्मक रहेको यसअघि एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले बताएका थिए ।
माधव नेपाल पक्षले भने आजको बैठक स्थगित गर्न र अझै सहमतिको लागि छलफल गर्न माग गरेको छ । एकता अभियान चलाउँदै आएका गौतम अहिले एमालेको दुवै पक्षमा छैनन् ।
प्रकाशित मिति: ११:२४ बजे, शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











