Kathmandu Press

युरोकपमा आज क्वार्टरफाइनलका दुई खेल हुँदै

काठमाडौं, असार १८ : युरोपका विभिन्न ११ सहरमा जारी १६ औं संस्करणको युरोकपमा आजबाट क्वार्टरफाइनलका खेल सुरु हुँदैछ । क्वार्टरफाइनलको पहिलो दिन २ खेल...
युरोकपमा आज क्वार्टरफाइनलका दुई खेल हुँदै

काठमाडौं, असार १८ : युरोपका विभिन्न ११ सहरमा जारी १६ औं संस्करणको युरोकपमा आजबाट क्वार्टरफाइनलका खेल सुरु हुँदैछ । क्वार्टरफाइनलको पहिलो दिन २ खेल हुँदै छ।

राति ९ः४५ बजे हुने पहिलो खेलमा तीन पटकको च्याम्पियन स्पेनले ‘अन्डर डग’को छवि बनाएको स्वीट्जरल्यानडको सामाना गर्दै छ। यो खेल रुसको सेन्ट पिरर्सबर्गमा हुने छ।

स्पेन एक्स्ट्रा टाइममा क्रोएसियामाथि ५–३को जित निकाल्दै अन्तिम आठमा आइपुगेको हो भने पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाउने क्रममा स्वीट्जरल्यान्डले अविश्वसीयन रुपमा २ गोलले पछि परेको अवस्था उल्टाउँदै विश्व विजेता फ्रान्सलाई टाइब्रेकरमा ५–४ले हराएको थियो।

स्वीट्जरल्याण्ड ६७ वर्षपछि ठूलो प्रतियोगितामा क्वाटरफाइनल पुगेको हो । स्वीट्जरल्याण्डले पछिल्लो पटक सन् १९५४ मा विश्वकपको क्वाटरफाइनल खेलेको थियो।

ठूला प्रतियोगितामा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि जारी प्रतियोगितामा अविश्वसीयन प्रदर्शन गरिरहेकाले स्वीट्दरल्यान्डविरुद्ध मैदान उत्रँदा स्पेन सतेच हुनेछ । यता, स्वीट्जरल्यान्ड पनि अन्तिम १६मा फ्रान्ससँगको जस्तै प्रर्दशन स्पेनविरुद्ध पनि दोहो¥याउँदै इतिहास रच्ने दाउनमा हुनेछ।

स्पेन २०१६ को युरोकपमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो । सन् १९६४ को दोस्रो संस्करणको च्याम्पियन स्पेनले सन् २००८ र २०१२ मा लगातार युरोकप उपाधि जित्दै यस्तो उपलब्धि हासिल गर्ने पहिलो टिमको कीर्तिमान बनाएको थियो । 

स्पेन जारी प्रतियोगितामा सर्वाधिक (११) गोल गर्ने र युरोकपमा लागतार दुई खेलमा ५ गोल गर्ने एक्लो टिम हो।

स्पेन र स्वीट्जरल्यान्ड अहिलेसम्म २२ पटक भिडेका छन् । त्यसमा स्पेनले एकखेल मात्र गुमाएको छ। उसले स्वीट्जल्यानडविरुद्धका १६ खेल जित्दा ५ खेल बराबरीमा सकिएका छन् । स्पेनलाई स्वीट्जरल्यान्डले सन् २०१०को विश्वकपमा हराएको थियो।

युरोकपमा भने स्पेन र स्वीट्जरल्यान्ड पहिलो पटक भिड्न लागेका छन् । यी दुई टिममा विश्वकपमा सन् १९६६, १९९४ र सन् २०१०मा गरी ३ पटक भिडेका छन्। 

यसैगरी क्वार्टरफाइनलको दोस्रो खेलमा दुई दाबेदार टिम इटाली र बेल्जियम भिड्ने छन्। राति १२ः४५ बजे सुरु हुने खेल जर्मनीको म्युनिखमा हुने छ।

समूह चरणमा कुनै पनि गोल नखाई शतप्रतिशत जितसहित अन्तिम १६मा पुगेको इटालीले अन्तिम १६मा भने अस्ट्रियाविरुद्ध जित निकाल्न भने निकै मेहनत गर्नुपरेको थियो । उसले अस्ट्रियालाई एक्स्ट्रा टाइममा २–१ले हराएको थियो । यता, बेल्जियमले डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई हरान पनि निकै मेहनत गर्नुपरेको थियो । पोर्चुगलविरुद्ध दबाबमा खेलेर पनि उसले १–०को जित निकालेको थियो।

यसैगरी क्वार्टरफाइनलको दोस्रो खेलमा दुई दाबेदार टिम इटाली र बेल्जियम भिड्ने छन्। राति १२ः४५ बजे सुरु हुने खेल जर्मनीको म्युनिखमा हुने छ।

समूह चरणमा कुनै पनि गोल नखाई शतप्रतिशत जितसहित अन्तिम १६मा पुगेको इटालीले अन्तिम १६मा भने अस्ट्रियाविरुद्ध जित निकाल्न भने निकै मेहनत गर्नुपरेको थियो । उसले अस्ट्रियालाई एक्स्ट्रा टाइममा २–१ले हराएको थियो । यता, बेल्जियमले डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई हरान पनि निकै मेहनत गर्नुपरेको थियो । पोर्चुगलविरुद्ध दबाबमा खेलेर पनि उसले १–०को जित निकालेको थियो।

इटाली र पोर्चुगलबीचको यो खेल क्वार्टरफाइनलकै सबैभन्दा महत्वपूर्ण खेल हो । किनभने गोल्डेन जेनेरेसको बेल्जियम नम्बर एक टिम हो भने पछिल्ला ३ वर्षमा अपराजित रहेको इटालीले पनि निरन्तार उत्कृष्ट फुटबल खेलिरहेको छ।

इटली लगातार ३१ खेलमा अपराजित छ । पछिल्लो खेलमा अष्ट्रियाविरुद्ध गोल खानुअघि इटलीले लगातार ११ खेलमा क्लिनसिट राखेको थियो । समूह चरणमा कुनै गोल नखाई ३ खेल जितेको इटलीले अन्तिम १६ मा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको थियो।

उपाधि दाबेदार मध्ये एक रहेको बेल्जियम १९८० मा युरोकपमा उपविजेता बनेको थियो । त्यसपछि युरोको तीन संस्करणमात्र खेलेको बेल्जियम पछिल्लो पटक क्वाटरफाइनलबाटै बाहिरिएको थियो । इटालीले सन् १९६८ मा युरोकप उपाधि जितेको छ भने सन् २००० र २०१२ मा उपविजेता बनेको छ।्

बेल्जियम र इटाली अलिहेसम्म १४ पटक आमने सामने भएका छन्, जसमा इटाली ६ खेलमा विजयी हुँदा बेल्जियम ४ खेलमा विजयी भएको छ । यी दुईबीचका ४ खेल बराबरीमा सकिएको छ।

यी दुई टिम नकआउट चरणमा पहिलो पटक भिड्न लागेका हुन् । यसअघि इटाली र बेल्जियम ठूला प्रतियोगितामा भने यी दुई टिम ५ पटक भिडेका छन् । जसमा इटालीले ३ खेल जितेको छ भने बेल्जियमले १ खेल जितेको छ, १ खेल बराबरीमा सकिएको छ। 
 

प्रकाशित मिति: ११:०२ बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्