Kathmandu Press

गोरखा–तनहुँ जोड्ने झोलुङ्गे पुल मर्स्याङ्दीको बाढीले भत्कायो

काठमाडौं, असार १८ : मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने पुलमा क्षति पुर्याएको छ । अविरल वर्षापछि नदीमा आएको बाढीले गोरखा नगरपालिका वडा...
गोरखा–तनहुँ जोड्ने झोलुङ्गे पुल मर्स्याङ्दीको बाढीले भत्कायो

काठमाडौं, असार १८ : मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने पुलमा क्षति पुर्याएको छ । 

अविरल वर्षापछि नदीमा आएको बाढीले गोरखा नगरपालिका वडा नम्बर १२ र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ एक्लेफाँट जोड्ने झोलुंगे पुल भत्किएको हो । 

गोरखा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष रामबहादुर खड्काका अनुसार पुलको एकातर्फको जिप बगाएको छ । 

पुलको एक्ले फाँटतर्फको जिप भासिएको छ। पुलमा क्षति पुगेपछि मानिसहरू मर्स्याङ्दी नदी पार गरेर पृथ्वीराजमार्गसम्म पुग्न सकेका छैनन्।

पुलमा नदीले बगाएर ल्याएका ढुंगामुढा रोकिएकाले आसपासका बस्ती जोखिममा परेको छ।

प्रकाशित मिति: १०:५५ बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्