Kathmandu Press

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

चितवन, असार १८ : नारायणगढ-मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक फेरि अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक...
पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

चितवन, असार १८ : नारायणगढ-मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक फेरि अवरुद्ध भएको छ। 

चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ५ः३० बजे पहिरो खसेको हो। 

बिहानै त्यसतर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो पन्छाई सकिने कार्यालयले जनाएको छ।

बिहीबार पनि पहिरोले सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएपछि साँझबाट सडक सञ्चालनमा आएको थियो। 

यस्तै, दमौली-पहिरोका कारण तनहुँको डुम्रे-बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो। 

तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड बिहीबारदेखि अवरुद्ध छ। बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

‘हिजो दिउँसो पहिरो हटाएर सडक सञ्चालन गराइए पनि फेरि अवरोध भएको छ,’ उनले भने, ‘ठूलो पहिरो खसेकाले हटाउन चाररपाँच घण्टाभन्दा बढी समय लाग्ने देखिन्छ।’

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेमा पनि बिहीबार ठूलो पहिरो खसेको थियो । उक्त ठाउँमा पहिरो हटाएर बिहीबारदेखि नै सडक एकतर्फी सञ्चालनमा आएको छ। ‘बीचमा ठूलो ढुङ्गा रहेकाले दुईतर्फी सञ्चालन हुनसकेको छैन,’ प्रनाउ तिमिल्सिनाले भने। 

यसैबीच तनहुँको भानु नगरपालिका–८ मा पहिरो खसेर दुई जना घाइते भएका छन्। पहिरोले सडक अवरुद्ध भएपछि पैदल हिँडेर पहिरो पार गर्दै गरेका दुई युवा पहिराले लागेर घाइते भएका हुन्। दुवै जना बेँसीशहर निवासी हुन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। दुवै घाइतेलाई उपचारका लागि बेँसीशहर लगिएको प्रहरीले जनाएको छ। (रासस)

प्रकाशित मिति: ०८:२० बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्