नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौं, असार १८ : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्न लागेको छ। बिहीबार तयारी नपुगेपछि पदाधिकारी बैठक आजलाई सारिएको हो। आज दिउसो २ बजे केन्द्रीय...
काठमाडौं, असार १८ : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्न लागेको छ। बिहीबार तयारी नपुगेपछि पदाधिकारी बैठक आजलाई सारिएको हो।
आज दिउसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। हिजो तयारी नपुगेपछि स्थगित भएको बैठक आज बस्ने तय गरिएको उनले बताए।
पदाधिकारी बैठकमा पार्टीको क्रियाशील सदस्यता विवादबारे छलफल हुने भएको छ। क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले त्यसबारे पदाधिकारी बैठकमा जानकारी दिनेछन्।
कांग्रेस महाधिवेश भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुन लागेको छ। त्यसअघि वडादेखि प्रदेश अधिवेशनहरू हुनेछन्। अझै केही जिल्लामा क्रियाशील सदस्यता विवाद रहेको छ।
प्रकाशित मिति: ०८:०४ बजे, शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











