Kathmandu Press

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल पक्ष नजाने

काठमाडौं, असार १८ : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको छ। तर, केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार...
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल पक्ष नजाने
फाइल फोटो

काठमाडौं, असार १८ : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको छ। तर, केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नजाने भएको छ। 

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी ब्युँतिएपछि गत फागुन २८ गते एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो। त्यसपछि केन्द्रीय कमिटी विघटन गरेर महाधिवेशन आयोजक कमिटी गठन गरिएको थियो। 

अहिले भने महाधिवेशन आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी ब्युँताइएको हो। आज पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। 

आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए। ‘प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको छ,’ तामाङले भने। 

तर, केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष नजाने भएको छ। बिहीबार बसेको नेपाल पक्षका स्थायी कमिटीको बैठकले आजको बैठकमा सहभागी नहुने निर्णय गरेको हो। 

अध्यक्ष केपी शर्मा ओलीले सहमतिबिना बैठक बोलाएकाले सहभागी नहुने निर्णय गरेको नेपाल पक्षका नेता भीम रावलले जनाएका छन्।

उनले बिहीबार साँझ नै पत्रकार सम्मेलन गरेर एकलौटी ढंगबाट बैठक बोलाइएकाले सहभागी नहुने निर्णय गरेको जानकारी दिए। 

एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेको संरचनामा फर्काउन माग गर्दै आएको छ। तर, प्रधानमन्त्री ओलीले जेठ ३ गतेको संरचनामा फर्काउने बताउँदै आएका छन्। 

यसमा विषयमा दुवै पक्षबीच छलफल हुँदै आएको छ। तर, अहिलेसम्म सहमति जुट्न सकेको छैन। 

प्रकाशित मिति: ०७:२४ बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्