Kathmandu Press

आज पनि देशैभर वर्षा, पाँच प्रदेशमा बाढीपहिरोको जोखिम

काठमाडौं, असार १८ : आज पनि देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका पाँच प्रदेशमा भने बाढी र पहिरोको जोखिम...
आज पनि देशैभर वर्षा, पाँच प्रदेशमा बाढीपहिरोको जोखिम

काठमाडौं, असार १८ : आज पनि देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका पाँच प्रदेशमा भने बाढी र पहिरोको जोखिम रहेको आकलन गरेको छ। 

जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। जसले गर्दा पाँचै प्रदेशको पहिाडी भूभागमा पहिरो र नदीनाला तथा खोलामा बाढीको जोखिम रहेको जनाएको छ। 

मनसुनी वायुको सक्रिय प्रभाव र तराई भूभाग नजिक रहेको मनसुनी न्यून चापीय रेखाका कारण देशभर वर्षा भइरहेको छ। प्रदेश  १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका अधिकांश स्थानमा मध्यमदेखि भीषण वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा सामान्य वर्षा भइरहेको महाशाखाले जनाएको छ। 

आज दिउँसो पनि देशभर मौसम बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थान साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ। 

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। 

प्रकाशित मिति: ०६:२४ बजे, शुक्रबार, असार १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्