Kathmandu Press

पार्टी एकताका काम असारभित्रै टुंगिन्छन्, निराश हुनु पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, असार १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र वर्तमान सरकारप्रति जनताको ठूलो भरोसा रहेको बताएका छन्।

....

सोमबार बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले जनताको भरोसा टुट्न नदिनका लागि पार्टी एकताबद्ध हुनुको विकल्प नभएको बताएका हुन्।

‘हामीप्रति जनताको ठूलो भरोसा छ। त्यसलाई टुट्न दिनुहुँदैन,’ उनले भने,‘ त्यसका लागि हामी सबैले जो जहाँ छौं त्यसै अनुसारको जिम्मेवारी निर्वाह गर्नुपर्दछ।’
प्रधानमन्त्री ओलीले यसै आर्थिक वर्षभित्र पार्टी एकताका सबै काम टुंगिसक्ने बताए।

‘पार्टी एकता भएन भनेर अब धेरै निराश हुनु पर्दैन। असारभित्रै एकताका काम टुंगिन्छन्,’उनले भने,‘आगामी आर्थिक वर्ष हाम्रा लागि उत्साह र उमंगको वर्ष हुनेछ।’

बैठकमा सांसदहरुले सरकारका काम, पार्टी एकता, बजेट विनियोजन आदि विषयमा जिज्ञासा र सुझाव राखेका थिए। बैठक आगामी शनिबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।
 
प्रकाशित मिति: १९:०८ बजे, सोमबार, असार १६, २०७६