Kathmandu Press

देशभर भारी वर्षाको सम्भावना, भोलि साँझसम्म सचेत रहन आग्रह

काठमाडौं, असार १६ : केही दिनयता देशभर सक्रिय रहेको मनसुनका कारण देशका विभिन्न ठाउँमा  वर्षा भइरहेको छ ।आज पनि बाग्मती र गण्डकी प्रदेशका...
देशभर भारी वर्षाको सम्भावना, भोलि साँझसम्म सचेत रहन आग्रह

काठमाडौं, असार १६ : केही दिनयता देशभर सक्रिय रहेको मनसुनका कारण देशका विभिन्न ठाउँमा  वर्षा भइरहेको छ ।

आज पनि बाग्मती र गण्डकी प्रदेशका धेरै तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ ।

यस क्रममा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा (शुक्रबार साँझ ६ बजेसम्म) का लागि सचेत पनि गराएको छ । 

प्रकाशित मिति: १९:२५ बजे, बिहीबार, असार १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्