ओलीले बोलाएको बैठकमा सहभागी नहुने माधव समूहको निष्कर्ष
बिहीबार बुद्धनगरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ ।
काठमाडौं, असार १६ : नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको भन्दै उक्त बैठकमा सहभागी नहुने निर्णय गरेको छ।
बिहीबार बुद्धनगरमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको हो । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ ।
बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो।
तर दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले उक्त समितिले बोलाएको बैठकमा आफूहरु नजाने नेपाल पक्षले जनाएको छ ।
प्रकाशित मिति: १८:३६ बजे, बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार