राष्ट्रियसभामा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रस्तुत
बहु विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रियसभामा पेश भएको छ ।
काठमाडौं, असार १७ : बहु विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रियसभामा पेश भएको छ ।
न्याय, कानून तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले उक्त अध्यादेश पेश गरेका हुन् । ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८’ उनले पेश गरे ।
यस्तै, मन्त्री श्रेष्ठले ‘शपथसम्बन्धी अध्यादेश, २०७८’ पनि राष्ट्रियसभामा पेश गरेका छन् ।
प्रकाशित मिति: १७:४२ बजे, बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











