Kathmandu Press

प्रधानमन्त्रीले दुई-दुईपटक संसद् विघटन गरेर रेकर्ड राखेः दिनानाथ शर्मा

राष्ट्रियसभामा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले प्रतिगमनको संकट मुलुकको सबैभन्दा ठूलो संकट भएको बताएका छन्।
प्रधानमन्त्रीले दुई-दुईपटक संसद् विघटन गरेर रेकर्ड राखेः दिनानाथ शर्मा

काठमाडौं, असार १७ : राष्ट्रियसभामा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले प्रतिगमनको संकट मुलुकको सबैभन्दा ठूलो संकट भएको बताएका छन्।

राष्ट्रियसभाको बिहीबार सुरु वर्षे अधिवेशनको पहिलो बैठकमा शर्माले दुई तिहाइनिकटको सरकार बन्यो भनेर विगतमा लोकतन्त्रका लागि संघर्ष गरिएको तर दलहरूमा लोकतान्त्रिक चरित्र निर्माण नभएको बताए ।

लोकतन्त्र बलियो हुन पार्टीभित्रको लोकतन्त्र बलियो बन्नुपर्ने उनले बताए । पार्टीभित्रको भिन्न मतलाई सम्मान गर्ने संस्कृति निर्माण हुन नसकेको उनले औंल्याए ।

एउटा प्रधानमन्त्रीले दुई–दुईपटक संसद् विघटन गरेको रेकर्ड प्रधानमन्त्री केपी ओलीले राखेको शर्माले बताए । अब तेस्रोपटक संसद् विघटन गरेमा गिनिज बुकमा नाम लेखाउनुपर्ने भनेर उनले व्यंग्य गरे । नेपालको वामपन्थी आन्दोलनलाई नै समाप्त पार्ने खेल प्रधानमन्त्री ओलीले खेलेको आरोप लगाए ।

पार्टी फुटाउने र संसद् विघटन गर्ने काम गल्तीको भनेर प्रधानमन्त्रीले स्वीकार्नुपर्ने उनले बताए । अदालतले फैसला गरेर निर्दलीयता आउने नभई अध्यादेश राजबाट महेन्द्रपथ अवलम्बन हुने उनले औंल्याए । ‘अध्यादेश राजचाहीँ निर्दलीयता हो,’ शर्माले भने ।
 

प्रकाशित मिति: १७:०८ बजे, बिहीबार, असार १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्