Kathmandu Press

२७६० संक्रमित थपिए, ४०१७ जना संक्रमणमुक्त, ३३ को मृत्यु

७ हजार १ सय ३० जनामा पिसिआर परीक्षण गरिएकोमा १ हजार ८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२७६० संक्रमित थपिए, ४०१७ जना संक्रमणमुक्त, ३३ को मृत्यु

काठमाडौं, असार १७ : पछिल्लो २४ घन्टामा २ हजार ७ सय ६० जना कोरोना संक्रमित थपिएका छन्।

सो अवधिमा ७ हजार १ सय ३० जनामा पिसिआर परीक्षण गरिएकोमा १ हजार ८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै ३ हजार ८ सय ५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय ३ जनामा संक्रमण देखिएको हो।

सोही अवधिमा कोरोनाबाट ४ हजार १७ जना संक्रमणमुक्त भएका छन् भने ३३ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति: १६:५८ बजे, बिहीबार, असार १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्