राष्ट्रपतिको प्रतिरक्षा प्रधानमन्त्रीले मात्रै गर्ने हो ? : सांसद अधिकारी
राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीले कोभिड नियन्त्रणमा सरकार पूर्ण असफल भएको बताएका छन्।
काठमाडौं, असार १७ : राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीले कोभिड नियन्त्रणमा सरकार पूर्ण असफल भएको बताएका छन् ।
संसद्को उपल्लो सदनको बिहीबार सुरु वर्षे अधिवेशनको पहिलो बैठकमा अधिकारीले कोभिडविरुद्धको खोप आयातमा सरकारको असफलताले सरकारको कूटनीतिक क्षमता प्रष्ट्याएको बताए ।
मुलुकका हरेक क्षेत्रमा सरकारको व्यवस्थापन क्षमतामाथि उनले प्रश्न उठाए । मुलुकको परिस्थिति चुनावमा जाने नभएको अधिकारीले बताए । प्रधानमन्त्री केपी ओलीले संघीय संसदप्रति विश्वास गर्न नसकेको उनले औंल्याए । आफ्नै पार्टीलाई पनि समेट्न नसक्नेले देशका सबै क्षेत्रलाई कसरी समेट्न सक्छन् भनेर अधिकारीले प्रश्न गरे ।
‘राष्ट्रपतिको प्रतिरक्षा प्रधानमन्त्रीले मात्रै गर्ने हो ?’ अधिकारीले प्रश्न गरे, ‘गणतन्त्रमा विश्वास गर्ने सबैले राष्ट्रपतिको रक्षाकवच हुनु परेन ?’
प्रकाशित मिति: १६:४८ बजे, बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











