Kathmandu Press

विद्युत सर्ट भएर डिजे बाजा पड्किँदा युवकको मृत्यु

महोत्तरी, असार १६ : महोत्तरीको भंगहा नगरपालिका–२ सिङगयाहीमा प्रतिबन्धित डिजे बाजा बजाउने क्रममा विद्युत् चुहिएर विष्फोट हुँदा एक जनाको मृत्....

विद्युत सर्ट भएर डिजे बाजा पड्किँदा युवकको मृत्यु

महोत्तरी, असार १६ : महोत्तरीको भंगहा नगरपालिका–२ सिङगयाहीमा प्रतिबन्धित डिजे बाजा बजाउने क्रममा विद्युत् चुहिएर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

सिङ्ग्याहीका सन्तोष साहकी छोरीको विवाहमा ल्याइएको डिजे बाजा बजाउने क्रममा पड्किदा सोमबार मनराशिशवा नगरपालिका–४ का १९ वर्षीय सञ्जय पण्डितको मृत्यु भएको हो। 

रथमा डिजे बाजा राखेर मोबाइलबाट गीत बजाउँदै बस्ती घुम्ने क्रममा विद्युत् चुहिएर विष्फोट हुँदा पण्डितको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।   

मिथिलामा विवाहको विधिमै दुलहालाई बस्ती घुमाउने परम्परा छ। यसै क्रममा सोमबार बिहान झिसमिसेपूर्व नै यो घटना भएको प्रहरीले जनाएको छ। विद्युत् चुहिएर रथबाट ढलेका पण्डितलाई तत्काल जनकपुर अञ्चल अस्पताल पुर्‍याइएको थियो। तर, अस्पताल पु¥याउना साथ चिकित्सकले पण्डितलाई मृत घोषित गरेका थिए। 

घटनापश्चात डिजे बाजासहित विवाहमा आएको रथलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्लामा २०६४ सालदेखि नै डिजेले ध्वनी प्रदूषणसँगै दुर्घटना बढाएको भन्दै यसको प्रयोगमा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको छ।

तर, डिजे प्रतिबन्धको प्रभावकारी अनुगमन र अनुशरण नगरिदा बर्सेनी यससँग जोडिएर दुःखद घटना हुँदै आएका छन्।
 

प्रकाशित मिति: १७:४९ बजे, सोमबार, असार १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्