राष्ट्रियसभामा सरकारले १२ वटा अध्यादेश पेस गर्ने, असफल पार्ने तयारीमा विपक्षी
काठमाडौं, असार १७ : आज (बिहबिार) अपराह्न ४ बजे राष्ट्रियसभाको वर्षे अधिवेशनको पहिलो बसदैछ। उक्त बैठकमा सरकारले १२ वटा अध्यादेश पेस गर्न लागेको छ। आज...
काठमाडौं, असार १७ : आज (बिहीबार) अपराह्न ४ बजे राष्ट्रियसभाको बर्खे अधिवेशनको पहिलो बेठक बस्दैछ। उक्त बैठकमा सरकारले १२ वटा अध्यादेश पेस गर्न लागेको छ।
आज पेस गर्न लागिएका अध्यादेशहरूमा संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७, शपथ सम्बन्धी अध्यादेश २०७८, नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश २०७८, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७८ रहेका छन्।
त्यस्तै सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ पनि आज पेस गनृ लागिएको छ।
त्यसैगरी सरकारले कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८, औषधि तेस्रो संशोधन अध्यादेश २०७८ पनि पेस गर्न लागेको छ।
विपक्षी दलहरूले भने सरकारले राष्ट्रिय सभामा पेस गर्ने हुने अध्यादेशको विरोध गर्ने तयारी गरेका छन्। केही राम्रा अध्यादेशको विरोध नगरे पनि अन्य अध्यादेशको विरोध गर्ने माओवादी केन्द्रका एक सांसदले बताए।
अदालतमा समेत रिट परेका अध्यादेशमा विरोध गर्ने भन्ने कुरा भएको उनले बताए। एमाले माधव नेपाल समूहले पनि साथ दिए अध्यादेश पारित हुन नसक्ने उनको भनाइ थियो।
कांग्रेसका एक नेताले अध्यादेशबाट मुलुक चलाउने विषयमा आफ्नो पार्टी विपक्षमा रहेकाले अध्यादेश असफल पार्न महत्वपूर्ण भूमिका खेल्ने बताए।











