सभामुख महराले भने–कसका कारणले संसदीय अभ्यास धरापमा परेको हो, समीक्षा गरौँ
काठमाडौं, असार १६ : सभामुख कृष्णबहादुर महराले लोकतन्त्र र गणतन्त्रका लागि योगदान गरेका दलबीचको अन्तरविरोधमा कोही खेल्न नसकोस् भनेर सचेत भएर अघि ब....

काठमाडौं, असार १६ : सभामुख कृष्णबहादुर महराले लोकतन्त्र र गणतन्त्रका लागि योगदान गरेका दलबीचको अन्तरविरोधमा कोही खेल्न नसकोस् भनेर सचेत भएर अघि बढाउनुपर्ने बताएका छन्।
पूर्वसांसद मञ्च नेपालले ६१ औं संसद् दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले विगतको अनुभवबाट वर्तमानको चुनौतीलाई पार लगाउँदै अनुकूल र सम्भावनायुक्त भविष्यको मार्ग सुनिश्चित गरेर अघि बढ्न सक्नु पर्ने बताए।
‘विगतका कमी कमजोरीलाई लिएर एकआपसमा दोषारोपण गर्ने होइन, कसको कारणले संसदीय अभ्यास धरापमा परेको हो, त्यसको समीक्षा गरौँ,’ उनले भने।
कार्यक्रममा उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले पूर्व र वर्तमान सांसद मिलेर नेपाली जनताको उज्वल भविष्यको रेखा कोर्नुपर्ने बताइन्।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कतिपय दलका शीर्ष नेताबाटै संसदीय व्यवस्था र अभ्यासबारे गरिएको टिप्पणीले आम जनतामा दुविधा उत्पन्न गरेको बताए। उनले नेताहरुका त्यस्ता टिप्पणीले द्वन्द्वको खतरा र विश्वास गुम्ने हो कि भन्ने शंका पैदा भएको पनि बताए।
‘हामी सबैले संविधान बनाएका थियौँ, संसदीय व्यवस्था र लोकतन्त्रलाई स्थापित गरेका थियौँ, त्यसको सुन्दर पक्ष कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको शक्ति पृथकीकरण र सँगसँगै हिँड्नसक्ने तीनवटै अंगको भूमिका, स्वतन्त्रता र समन्वयको सम्मान गरिनुपर्दछ,’ उनले भने।
पूर्वसभामुख तारानाथ रानाभाटले मुलुकको विकास र समृद्धिका लागि संसदवादी राजनीतिक दलबीच निरन्तर सहमति र सहकार्य आवश्यक रहेको बताए।











