नेपाली फुटबल टिमको प्रशिक्षण एक सातापछि सर्यो
काठमाडौं, असार १७ : नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण एक सातापछि सरेको छ। आजबाट सुरु हुने भनिएको राष्ट्रिय टिमको बन्द प्रशिक्षक अखिल नेपाल...
काठमाडौं, असार १७ : नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण एक सातापछि सरेको छ। आजबाट सुरु हुने भनिएको राष्ट्रिय टिमको बन्द प्रशिक्षक अखिल नेपाल फुटबल संघ ९एन्फा०ले प्राविधिक कारण देखाउँदे एक सातापछि सारेको हो।
साफ च्याम्पियनसिप र एसिया कपको तेस्रो चरणको छनोटका लागि मुख्य प्रशिक्षक अलमुताइरी बन्द प्रशिक्षण सुरु गर्न लागका हुन् । बन्द प्रशिक्षणका लागि अलमुताइरीले ५० जना खेलाडीलाई बोलाएका छन्।
यी हुन् ‘क्लोज क्याम’मा बोलाइएका खेलाडी
किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की, विशाल श्रेष्ठ, विकेश कुथु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिव लोप्चन, रनदीप पौडेल, रवि पासवान, रोहित चन्द, संजोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिसिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुलिन बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ ।











