देउवाले बाेलाए पदाधिकारी बैठक
काठमाडौं, असार १७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। आसन्न महाधिवेशनको तयारी र क्रियाशिल सदस्यताबारेमा छलफल गर्न सभपाति देउवाले दिउँसो...
काठमाडौं, असार १७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। आसन्न महाधिवेशनको तयारी र क्रियाशिल सदस्यताबारेमा छलफल गर्न सभपाति देउवाले दिउँसो २ बजेका लागि पदाधिकारी बैडक बेलाएका हुन्।
बैठक पार्टी कार्यालय सानेपामा बस्ने छ । बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखक सहभागी हुने बताइएको छ।
कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । तर, कांग्रेस अझै क्रियाशील सदस्यतामै अल्झिरहेको छ । क्रियाशील सदस्यताको विषयमा तीव्र विवाद देखिएको छ ।
क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन गर्न सकेको छैन ।
प्रकाशित मिति: ११:२५ बजे, बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











