Kathmandu Press

म्याग्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

म्याग्दी, असार १७ : मङ्गला गाउँपालिका–२ मिठौलामा गएराति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको...
म्याग्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

म्याग्दी, असार १७ : मङ्गला गाउँपालिका–२ मिठौलामा गएराति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। 

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मङ्गला–१ पूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको बताए। उनीहरुलाई बेनी अस्पताल ल्याइपु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका राईले बताए। 

दुर्घटनामा घाइते भएका ६ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ। घाइते र मृतक सबै मङ्गला गाउँपालिका–१ का हुन्। 

अस्पतालमा १९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीया एञ्जिता भण्डारी, आठ वर्षीया अदिना नेपाली, ३५ वर्षीया गीता खत्री र २३ वर्षीया अमृता रसाइलीको उपचार भइरहेको छ। 

जिप सडकदेखि करिब ५०० मिटर तल खोल्सामा खसेको थियो। राति सवा आठ बजेतिर दुर्घटना भएको थियो। 

घाइतेको स्थानीयवासी र प्रहरीले उद्धार गरेर बेनी पठाएका थिए। सिमलचौर–मिठौला–पूर्णगाउँ मङ्गलाको केन्द्र बाबियाचौरदेखि वडा नं १ लाई जोड्ने वैकल्पिक सडक हो। (रासस)

प्रकाशित मिति: ०७:२६ बजे, बिहीबार, असार १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्