पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन, असार १७ : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको...
चितवन, असार १७ : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ। पहिरो आज राति २ः१० बजे खसेको हो।
यस क्षेत्रमा गएरातिदेखि निरन्तर पानी परिरहेको छ। अझै पनि पहिरो खस्ने क्रम नरोकिएको जनाएको छ।
प्रकाशित मिति: ०७:१९ बजे, बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











