भ्रष्टाचार मुद्दामा सशस्त्रका चार पूर्वआईजीपीलाई सफाइ
काठमाडौं, असार १६ : विशेष अदालतले भ्रष्टाचारको मुद्दा लागेका सशस्त्र प्रहरी बलका चार जना पूर्वमहानिरीक्षक (आईजीपी) लाई सफाइ दिएको छ।
अ....

काठमाडौं, असार १६ : विशेष अदालतले भ्रष्टाचारको मुद्दा लागेका सशस्त्र प्रहरी बलका चार जना पूर्वमहानिरीक्षक (आईजीपी) लाई सफाइ दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि दायर गरेको मुद्दामा सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षकहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, वासुदेव ओली र सनतकुमार बस्नेतलाई आज सफाइ दिएको हो।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले रिटमाथिको बहसपछि विशेष अदालतले ‘आरोप स्थापित हुन नसक्ने’ भन्दै भन्दै चारै जना पूर्वआईजीपीलाई सफाइ दिएको हो।
फैसलामा बदनियतका साथ रकम हिनामिना गरेको आरोप लगाइएको आरोप पुष्टि हुन नसक्ने उल्लेख छ। बलका निलम्बित महानिरीक्षक कोषराज वन्तसहित ११ जनलाई २०७२ माघ १८ गते ६ करोड ७९ लाख बिगो माग दावी गर्दै मुद्दा दायर गरेको थियो।
त्यस्तै अख्तियारले २०७२ माघ २४ गते पूर्व महानिरिक्षक शैलेन्द्र कुमार श्रेष्ठसहित ४ विरुद्ध र फागुन १६ गते पूर्व–महानिरिक्षकहरु बासुदेव ओली र सनत कुमार बस्नेतविरुद्ध पनि मुद्दा चलाएको थियो।











