Kathmandu Press

यस्ता छन्, मन्त्रिपरिषद पछिल्ला बैठकका निर्णय 

काठमाडौं, असार १४ : मन्त्रिपरिषदको बैठकले राज्यका विभिन्न निकायहरूका विभिन्न पदमा नियुक्ति गरेको छ । राष्ट्रिय योजना आयोगको सदस्य पदमा बाजुराका राजबहादुर गिरीलाई...
यस्ता छन्, मन्त्रिपरिषद पछिल्ला बैठकका निर्णय 

काठमाडौं, असार १४ : मन्त्रिपरिषदको बैठकले राज्यका विभिन्न निकायहरूका विभिन्न पदमा नियुक्ति गरेको छ । राष्ट्रिय योजना आयोगको सदस्य पदमा बाजुराका राजबहादुर गिरीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय समाचार समितिको महाप्रबन्धकमा धनकुटाका सिद्धराज राईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।  मदन भण्डारी औद्योगिक विश्वविद्यालय निर्माण समितिको सदस्य पदमा डा.मनराज कोलाक्षेपति, डा.पदमबहादुर शाही र डा.अनिल पोखरेललाई नियुक्ति गर्ने निर्णय गरेको छ । यस्तै सिटिइभिटीको सदस्य सचिव पदमा स्याङ्जाका जीतनारायण काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।  हालै बसेको मन्त्रिपरिषदको बैठकले यी नियुक्ति गरेको हो ।

यस्तै राष्ट्रिय विमा संस्थानको प्रशासकमा कविप्रसाद पाठकलाई पुनः नियुक्ति दिने निर्णय गरिएको छ । त्यस्तै वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय भएको छ।  महिला तथा बालबालिका मन्त्रालयको प्रस्तावमा खबर गरौं ११४५ सञ्चालन गर्नका लागि राजपत्राङ्कित तृतीय श्रेणीका ४ जनाको अस्थायी दरबन्दी स्वीकृति गर्ने निर्णय पनि गरेको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न दातृ निकायबाट अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

गण्डकी नदी बेसिन क्षेत्रका बासिन्दाको लागि हरित जलवायु कोष आयूसिएनमार्फत प्राप्त हुने २७ दशमलव ४ मिलियन अमेरिकी डलर सहायता स्वीकार गर्ने निर्णय गरिएको छ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रुपमा प्राप्त हुने १ सय ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

 सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङले जेठ ३१, असार ७, १० र १४ गतेको मन्त्रिपरिषद बैठकका ३३ वटा निर्णयहरु सार्वजनिक गरेका हुन्। 

प्रकाशित मिति: २०:४७ बजे, बुधबार, असार १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्